जी न्यूजको आपत्तिजनक रिपोर्ट : 'सगरमाथा भारतले दाबी गर्नुपर्छ'

znews
सुदूर प्रेस संवाददाता

काठमाण्डाै – भारतीय च्यानल जी न्यूजले नेपालको विषयमा फेरि अर्को आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै उसले रिपोर्ट प्रसारण गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा अन्तर्वार्ता लिएका जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर अब भारतले सगरमाथामाथि आफ्नो दाबी विश्वसामु राख्नुपर्ने र सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् ।

राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेकाले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको टिप्पणी छ । यसअघि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तिजनक सामग्री प्रसारण गरेको थियो । त्यसको विरोधमा नेपालका केबल अपरेटरहरुले जीसहितका केही भारतीय च्यानलहरुको प्रसारणमा रोक लगाएका थिए ।

प्रकाशित:
2021/01/13, 9:53