जुम्लामा भीषण आगलागी ३० घर जले, आगो अझै नियन्त्रणमा आएन

ago

जुम्ला–जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा आगलागी हुँदा ३० वटा घर जलेर नष्ट भएका छन्। 

मंगलबारे बेलुकी साढे ५ बजेतिरबाट शुरु भएको आगलागीले करिब ३० घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।  आगो अझै पुर्ण रुपमा नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ। सदरमुकाम खलंगाबाट ३५ किलोमिटर दूरीमा रहेको गाउँमा भएको आगलागी नियन्त्रणका लागि स्थानिय र प्रहरीका टोली अहिले बिहान पनि नियन्त्रणको प्रयासमा लागिरहेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

आगलागीमा कुनै मानविय क्षति नभए पनि घरमा रहेका सबै सरसमान र पशु चौपाया जलेका छन्। प्रहरीका अनुसार २० देखि २५ वटा पशुचौपायाको जलेर मरेका छन्। आगो नियन्त्रणमा आइनसेकाले क्षतिको विवरण संकलन कार्य शुरु गर्न नपाएको प्रहरीको भनाइ छ। तिला–१ रारालिही प्रहरी चौकी र कुडारी प्रहरी चौकीका प्रहरी घटनास्थलमा खटिरहेका छन्। आगलागीको कारण खुलेको छैन। 

प्रकाशित:
2021/01/27, 8:16