अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

pm
सुदूर प्रेस संवाददाता

काठमाडौँ–अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ।

न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

अधिवक्ता कंचनकृष्ण न्यौपानेको मुद्दामा सुनुवाइ गर्दै अदालतले भनेको छ, ‘यसमा के कसो भएको हो? मागबमोजिम अवहेलनामा कारबाही किन हुनुनपर्ने हो? म्याद प्राप्त भएको मितिले बाटाका म्यादबाहेक ७ दिनभित्र सबै व्यहोरा खुलाई आफैं लिखित जवाफ पेश गर्नुहोला। 

प्रतिनिधसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा 'बाजे वकिल लगेर तमासा गरेको' भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता न्यौपानेले अदलतको अवहेलना मुद्दा दर्ता गराएका थिए।

प्रकाशित:
2021/01/28, 7:21
SPA
KN
Priya Gahana Pasal