इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडकाे शानदार जित

foot ball
सुदूर प्रेस संवाददाता

एजेन्सी–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनलाई ९ – ० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेडले आफ्नाे जित निकालेकाे हाे । जितसँगै युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा युनाइटेड दोस्रो स्थानमा रहेको छ ।

युनाइटेडको २२ खेलबाट ४४ अंकमा पुगेको छ । २० खेल खेलेको सिटीको ४४ अंक छ । पराजित साउथह्याम्टन २९ अंक जोडेर १२ औं स्थानमा रहेको छ । यस्तै, गएराति नै भएका खेलमा सेफिल्ड युनाइटेडले वेष्ट ब्रोमलाई २ –१ गोल अन्तरले हराएको छ । यस्तै, क्रिस्टल प्यालेसले न्यूक्यासललाई र वुल्भ्स्ले आर्सनललाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित:
2021/02/03, 8:03