बैतडीमा विद्यालय गएकी किशोरी मृत फेला

Death
सुदूर प्रेस संवाददाता

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी मृत फेला परेकी छन् । पालिकाकै सनातन धर्म माविमा अध्यनरत उनी बुधबार विद्यालय गएकी थिइन् ।

साँझसम्म घर नफर्केपछि परिवारले खोजी गरेका थिए । खोजी गर्दै जाँदा उनको शव लवलेक जंगलमा बिहीबार फेला परेको प्रहरीले जनाएको छ ।


किशोरीको मृत्युको कारण थाह हुन सकेको छैन । स्थानीय प्रहरी चौकीबाट सईको नेतृत्वमा घटनास्थलमा टोली पुगेको र आफू पनि जाँदै गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । बलात्कारपछि किशोरीको हत्या गरिएको आशंका आफन्तको छ ।

प्रकाशित:
2021/02/04, 7:24