फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घको अध्यक्षमा जोशी

basanta
सुदूर प्रेस संवाददाता

धनगढी– फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कैलालीको अध्यक्षमा पुनः वसन्तराज जोशी चयन भएका छन् । शनिवार धनगढीमा सम्पन्न व्यवसायीहरूको प्रथम साधारण सभाले जोशी लाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । त्यस्तै सङ्घको उपाध्यक्षमा टोप बहादुर केसी, कोषाध्यक्ष कमल पाण्डेय,सचिव केशव राज पन्त र सह–सचिवमा रोशन शाही चयन भएका छन् । त्यस्तै सदस्यहरूमा ओम प्रकाश पौडेल,लोकराज भट्ट,अनिल चौधरी र राम बहादुर तोलाङ्गी चयन भएका छन् ।

प्रकाशित:
2021/02/14, 11:23