भागरथी हत्याका अभियुक्त दिनेशलाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश

dinesh
सुदूर प्रेस संवाददाता

बैतडी — भागरथी भट्टको बलात्कारपछि हत्या घटनाका अभियुक्त दिनेश भट्टलाई बुधबार पुर्पक्षका लागि सुधारगृह पठाइने भएको छ । १६ वर्षीय उनलाई जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधारगृह पठाइने भएको हो ।

सरकारी वकिलको कार्यालयले मंगलबार बिहान उनलाई अदालत पेस गरेकोमा साँझ ६ बजेतिर अदालतले सुधारगृह लैजान आदेश दिएको सरकारी वकिल भानदेव जोशीले बताए । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले सुधारगृह पठाउन आदेश दिएको हो ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी सनातन धर्म माविमा कक्षा १२ मा पढ्थिन । माघ २२ गते बिहान घरबाट १ घण्टाको पैदल दुरीमा रहेको विद्यालय गएकी उनी साँझबाट बेपत्ता भएकी थिइन् । माघ २३ गते उनको शव चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जंगलमा फेला परेको थियो ।

प्रकाशित:
2021/03/10, 7:28