सुदूरपश्चिम प्रदेशका पूर्व अर्थ मन्त्री वोहरा एमालेको केन्द्रीय सदस्य नियुक्त

jhapat vohara
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहरा नेकपा (एमाले) को केन्द्रीय सदस्य नियुक्त भएका छन् । 

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र ब्युँतिएपछि पनि आफूलाई साथ दिएर माओवादीमा नफर्किएका  वोहरा लाई  केन्द्रीय सदस्य नियुक्त गरेका हुन । 

बालुवाटारमा शुक्रवार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले वोहरा सहित  माओवादीमा नफर्किएका २३ जनालाई एमालेको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य बनाएको हो । 

यी हुन् ओली समूहले एमालेमा मनोनयन गरेर माओवादी केन्द्रका पूर्वनेताहरू

१.रामबहादुर थापा

२.टोपबहादुर रायमाझी

३.लेखराज भट्ट

४. मणिचन्द्र थापा

५. प्रभु साह

६. टंक आङबुहाङ

७.पासाङ शेर्पा

८.ज्वाला शाह

९.टेकबहादुर बलमपाखी

१०.कमल चौंलागाईं

११.मनोज थापा

१२.विषमलाल अधिकारी

१३.लीलालबहादुर थापा

१४.दधिराम न्यौपाने

१५.गिरधरि लाल

१६.झपट बोहोरा

१७. दावा लामा

१८.चन्द्रबहादुर खड्का

१९.डम्बर बिष्ट

२०.गौरीशंकर चौधरी

२१.नवीन रोक्का

२२.धर्मराज रेग्मी

२३.दिनेश पन्थी

प्रकाशित:
2021/03/12, 8:05