कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

प्रतिकात्मक तस्बिर
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको पुर्नवास नगरपालिका–२ मा एक १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। कलम किन्नका लागि पसलमा गइरहेको बेला शुक्रवार साँझ ७ बजेको समयमा मोटरसाइकलमा आएका तीन जनाको समूहले बालिकामाथि बलात्कार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाकाअनुसार बालिकालाई मोटरसाइकलमा आएकाहरूले जवरजस्ती लगेर बलात्कार पश्चात मध्यरातमा छाडेर गएको बुझिएको थापाले बताए। थापाका अनुसार बालिकाको स्वास्थ्य परीक्षण गरी परिवारको निगरानीमा राखिएको छ। बलात्कारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित:
2021/03/13, 8:02