भारतसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड ६ विकेटले विजयी

cricket
सुदूर प्रेस संवाददाता

एजेन्सी–भारतसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड ६ विकेटले विजयी भएको छ ।

पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३३६ रन बनाउँदै ३३७ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले ४३ दशमलव ३ ओभरको खेल सकिँदा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । इङ्ग्ल्याण्डलाई जिताउन जोनी बायरस्टोले सबैभन्दा धेरै १२४ रन बनाए । यस्तै बिन स्ट्राेक्सले ९९ र ज्यासन रोयले ५५ रन बनाए ।

भारतका लागि लोकेश राहुलले १०८ रन बनाएका थिए । जितसँगै इङ्ग्ल्याण्डले शृङ्खला १–१ को बराबरीमा ल्याएको छ ।  शृङ्खलाको छिनोफानो अन्तिम एक दिवसीयबाट लाग्नेछ । 

प्रकाशित:
2021/03/27, 6:48