कैलालीमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

Death
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीमा एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । 

आइतबार कोरोना पुष्टि भएका उनको अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । 

उनमा जटिल प्रकृतिको स्वासप्रस्वासको समस्या देखिएपछि आइतबार नै अस्पताल भर्ना गरिएको थियो। नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी गरिरहेको छ । 

प्रकाशित:
2021/04/12, 10:27