सेती अस्पतालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठद्वारा आइतबार दिउँसो ३ बजे सार्वजनिक गरिएको विवरणमा उल्लेख भए अनुसार मृत्यु हुनेहरुमा कैलालीको गोदावरी– ५ का ४७ वर्षीय पुरुष, कैलालीको धनगढी– २ का ६५ वर्षीय पुरुष, कैलालीको गोदावरी– १ का ५५ वर्षीय पुरुष, कैलालीको कैलारी– ९ का ४५ वर्षीय पुरुष र कैलालीकै धनगढी– ५ का ६२ वर्षीय पुरुष समेत गरी ५ जना रहेका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ५ सय ६५ जनाको परीक्षणमा १ सय २९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित:
2021/05/23, 4:50