कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप

Corona Update
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप भएको छ।

जिल्ला संकट व्यवस्थान केन्द्र (डिसिसिएमसी)ले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमणदर बढेपछि वैशाख १६ गते जिल्लामा निषेधाज्ञा जारी भएको थियो। त्यसपछि निषेधाज्ञा ४ पटक थप भएको छ। 

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

प्रकाशित:
2021/05/27, 7:41