यस्तो छ आजको मौसम

सुदूर प्रेस संवाददाता

धनगढी–आंशिक बदली भइ आज पहाडी भू-भागका थोरै स्थानमा मात्रै वर्षाको सम्भावना छ । आज अधिकांश भू-भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार कोशीलगायत गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षा हुनेछ ।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ। कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

भोलि (शुक्रबार) कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षा हुनेछ ।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ। पहाडी भू-भागको एक-दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

शनिबार पनि देशको थोरै भू-भागमा मात्रै वर्षा हुने महाशाखाको पूर्वानुमान छ । कोशी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाले अझै केही दिनसम्म देशभर गर्मी बढ्दै जाने जनाउँदै सतर्क रहन चेतावनीसमेत जारी गरेको छ । यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिएकाले देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको महाशाखाले जनाएको छ । केही दिनदेखि तराईमा अत्यधिक गर्मी बढेको छ । तराई भू-भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस तथा त्यसभन्दा बढी मापन भएको छ । महाशाखाले आगामी पाँच दिनसम्म तराईमा तातो हावा तथा (लू) को सम्भावना यथावत रहने जानकारी दिएको छ । 

प्रकाशित:
2023/06/08, 7:39