लागु औषध ब्राउन सुगर सहित धनगढी वाट एकजना पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी–लागु औषध ब्राउन सुगर सहित प्रहरीले धनगढी वाट एकजनालाइ पक्राउ गरेको छ । धननगढी उप–महानगर पालीका–७ मनेहरा बस्ने  २५ बर्षिय गोबिन्द रानालाई आइतबार १ ग्राम ७  मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शंका लागी चेकजाच गर्दा उनको साथमा ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ । हाल उनी जिल्ला प्रहरीको हिरासतमा छन् । उनीमाथि अनुसन्धान अघि वढाइएको प्रहरीले जनाएको छ ।  

प्रकाशित:
2023/06/26, 8:13