एक महिला र बालिका मृत अवस्थामा फेला

सुदूर प्रेस संवाददाता

रौतहट - रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर - ४ पतौरामा एक महिला र बालिका मृत अवस्थामा फेला परेका छन् ।

२४ वर्षीया माला भन्ने कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी मृत फेला परेको प्रहरीले जनाएको छ । 

बालिका आरुही कुमारी पंखामा झुन्डयाइएको अवस्थामा र कविता कुमारीको शव घर बाहिर फेला परेको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । शनिबार बिहान करिब तीन बजेको समयमा भएको घटना हत्या वा आत्महत्या यकिन भइ नसकेको प्रहरी उपरीक्षक बुढामगरले जनाए । उनले अनुसन्धान भइरहेको जनाएका छन् ।

मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साहसहित परिवारका सदस्य घटनापछि फरार छन्। 

छोरी र ज्वाइँबीच पटक पटक विवाद हुँदा आफूले मिलेर बस्न सम्झाइ बुझाइ गर्दै आएको मृतक कविताका बुवाको भनाइ छ। दाइजोमा थप नगद र सुनको सिक्री तथा औंठी माग्दै आएकाले त्यसैको रिसमा घटना भएको माइती पक्षको आरोप छ।

प्रकाशित:
2023/07/01, 3:01