सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी वायुको प्रभावले आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छने कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ ।

 

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

महाशाखाले भारी वर्षा हुने भएकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

भोलि (शुक्रबार) देशका अधिकांश स्थानमा वर्षा हुनेछ । कोशी, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरी चल्ने छ ।

राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीसमेत चल्नेछ ।

शनिबार पनि केही स्थानमा वर्षा हुनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना छ।

राति सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाको पूर्वानुमान छ । 

प्रकाशित:
2023/07/06, 7:20