अछाममा घाट जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु, चारजना गम्भिर

सुदूर प्रेस संवाददाता

अछाम-अछाममा दाहसंस्कारका  लागी घाट जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुदा एक जनाको घट्नास्थलमै मृत्यु भयकोछ । पन्चदेवल नगरपालिका - ४ कालिकास्थान भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना भयको हो । पन्चदेवल नगरपालिका -४ कै ७०  बर्षिय जहरी कामीको लास लिएर घाट तर्फ जादै गर्दा भे १ त ६७५६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी सोही ठाउँका २२ बर्षिय बिर्ख  बिकको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ट्रयाक्टर दुर्घटनामा परी १९ जना घाइते भएका छन् । चार जनाको  अवस्था गम्भिर रहेको  प्रहरीले जनाएको छ ।

प्रकाशित:
2023/07/23, 3:56