आज विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिंदै

फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

काठमाण्डाै – आज विश्वभर बाघ दिवस मनाइँदैछ । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाउने गरिन्छ ।

आजका दिन बाघको संरक्षणका लागि उनीहरुको बासस्थानको संरक्षण, बाघको संख्यामा आएको वृद्धि र ह्रासबारे जानकारीका साथै बाघ संरक्षणमा भएका प्रयासबारे चर्चा हुने गर्छ । विश्व बाघ दिवसका अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जसहित देशभर विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ वटा बाघ रहेको तथ्याङ्क छ ।

सन् २०१० यता १२ वर्षमा नेपालमा २३४ वटा बाघ बढेको देखिन्छ । बाघको संख्या बढेसँगै चुनौती पनि थपिएको छ । १२ वर्षको अवधिमा बाघको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । नेपालमा भित्रिने पर्यटकमध्ये ६० प्रतिशतभन्दा धेरैले प्राकृतिक सुन्दरता, बाघ, गैँडालगायत वन्यजन्तुको अवलोकन गर्न संरक्षण क्षेत्र घुम्ने गरेको पाइन्छ । 

प्रकाशित:
2023/07/29, 7:54