सुडानमा शान्ति सेनामा खटिएका एक जना नेपाली सैनिकको मृत्यु

काठमाण्डाै - सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक जना नेपाली सैनिक मृत भेटिएका छन् ।

दक्षिण सुडानमा तैनाथ श्री शेर गण बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा मृत भेटिनुभएको हो ।

जाजरकोटको खलङ्गा घर भएका बाँठा सुडानको रम्बेक गण हेडक्वार्टरमा रहेको वर्कशपमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका नेपाली सेनाले जनाएको छ । घटनाको अनुसन्धान गरेर पोष्टमार्टमपछि उहाँको शव नेपाल ल्याइने सेनाले जनाएको छ ।

प्रकाशित:
2023/07/29, 8:04