कोरिया पठाउँछु भन्ने बिचौलियासँग जोगिन सरकारको आग्रह

सुदूर प्रेस संवाददाता

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरिया जाने मौसमी कामदारहरुलाई कुनै पनि किसिमको श्रम स्वीकृति नदिएको भन्दै बिचौलियाहरुबाट सतर्क रहन आग्रह गरेको छ ।

बिचौलियाहरुले बेरोजगार युवालाई मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाइदिने भन्दै रकम असुलेको गुनासो आएपछि मन्त्रालयले विज्ञप्ति जारी गरेर कोही कसैलाई पैसा नदिन आग्रह गरेको हो । कसैले व्यक्तिगत वा संस्थागत रुपमा दक्षिण कोरिया लगायत अन्य मुलुकमा मौसमी कामदारका रुपमा पठाइदिने भनी रकम मागेको पाइए उजुरी गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

बिचौलियाहरुले केही नेपाली नागरिकलाई थाइल्यान्ड पुर्‍याएर अलपत्र पारेको र यातना दिएको सम्बन्धमा पनि ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । यस्तो कार्यमा संलग्न शैक्षिक परामर्शदाता तथा ट्राभल एजेन्सीलाई समेत कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रकाशित:
2023/08/01, 8:55