पेट्रोल र डिजेलको मूल्य धेरै वढाइयो

सुदूर प्रेस संवाददाता

धनगढी– पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँले बढाएर मूल्य समायोजन गरेको हो।

निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य  एक सय ६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।

इन्डियन आयल कार्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।

प्रकाशित:
2023/08/16, 7:19