यस्तो छ आजको मौसम

सुदूर प्रेस संवाददाता

धनगढी– आंशिकदेखि सामान्य बदली भई हाल कोशी प्रदेशको केही स्थान, बागमती र गण्डकी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ( नेपाल नजिक) रहेको जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भू-भागको केही स्थान र बाँकी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । साथै कोशी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

भोलि (बिहिबार) देशको पहाडी भू-भागको केही स्थान र बाँकी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति सबै प्रदेशमा पानी पर्नेछ भने कोशी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

शुक्रबार देशको पहाडी भू-भागको केही स्थान र बाँकी भू-भागको थोरै स्थानमा वर्षा हुनेछ । राति कोशी, मधेस र गण्डकी प्रदेशको केही स्थान, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानका साथै बाँकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित:
2023/08/16, 8:00