घुस लिएको भिडियो सार्वजनिक भएपछि विवादमा मुछिएका भट्ट लाइ पुनः सुदूरपश्चिमको निमित्त वन निर्देशक उपहार

डिभिजन वन कार्यालय प्रमुखहरूको पनि सरुवा

धनगढी–मातहतका कार्यालयहरूबाट रकम (घुस) असुली गरेको भिडियो बिहीबार सार्वजनिक भएपछि विवादमा मुछिएका कृष्णदत्त भट्ट लाइ पुनः सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरिएको छ । वन मन्त्रालयको व्यापक असहमतिका बिच हिजो अबेर साँझ मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भट्टलाई सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरेको हो । वन मन्त्रालयले उनी भन्दा सिनियर उप–सचिव हेमराज विष्टलाई नियुक्त गर्न मुख्यमन्त्रीलाई आग्रह गरेको थियो । तर शक्ति केन्द्रको दबाबमा मुख्यमन्त्री कार्यालयले फेरी भट्ट लाइ निर्देशक नियुक्त गरेको हो । यस अघिका निमित्त निर्देशक हेमराज विष्टको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ । वन मन्त्री रमेश धामी, राज्यमन्त्री गीतादेवी माल र मन्त्रालयका सचिव वेद कुमार ढकालले समेत भट्टलाई निर्देशक नियुक्त गरिएकोमा असन्तुष्टि जनाएका छन् । वन मातहतकै कर्मचारीलाई फोन गरेर भट्टले आफ्नो नियुक्ति रोक्न लागेको आरोप लगाउँदै वन मन्त्री रमेश धामीलाई सुन्नै नसकिने शब्दमा आमाचकारी गालीगलोच गरेको अडियो पनि सामाजिक सञ्जालमा भाइरल वनेको छ । उक्त अडियो सुनेपछि वन मन्त्री धामी सहित उनको सचिवालयका कर्मचारी झनै रुष्ट वनेका छन् । यसैबिच डिभिजन वन कार्यालय प्रमुखहरूको पनि सरुवा गरिएको छ । डिभिजन वन कार्यालय कैलालीको प्रमुखमा राम चन्द्र कंडेल आएका छन भने पहलमानपुरमा राम विचारी ठाकुर लाइ खटाइएको छ । डडेल्धुरामा शम्भु प्रसाद तिवारी,कञ्चनपुरमा भीम प्रसाद कंडेल,डोटीमा गोकुल रीजाल,अछाममा जनक पाध्या र बझाङमा भरत भट्ट लाइ जिम्मेवारी दिइएको छ । त्यस्तै केशव पराजुलीको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र कैलालीमा सरुवा भएको छ ।

No description available.No description available.No description available.

प्रकाशित:
2023/08/18, 12:09