विकास बैंकका सीईओ र सञ्चालकलाई करारनामा गरेभन्दा बढी तलब-भत्ता

सुदूर प्रेस संवाददाता

काठमाडौं –विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकले करारनामा गरेभन्दा बढी तलब-भत्ता लिने गरेको भेटिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्र बैंकको निर्देशनअनुसार करारनामामा भन्दा बढी तलब तथा भत्ता दिन नमिल्ने भए पनि बिकास बैंकमा यस्तो बेथिति रहेको देखिएको हो।

केही सञ्चालकहरूले सहभागी नभएको बैठकको भत्तासमेत लिएको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै अनावश्यक विदेश भ्रमण, आफू सञ्चालक रहेको बैंकबाट परिवारका सदस्यको नाममा ऋण लिएको, आफ्नो लगानी भएका कम्पनीमा ऋण दिलाएको भेटिएको छ । बोर्ड सञ्चालकहरूको निर्णय पुस्तिकामा उचित तरिकाले विवरण पेस नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित:
२०८१ असार , ०९:३१
SPA
KN
Priya Gahana Pasal