काठमाडौं – नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपालसहितको टीम दोहोरिएको छ ।
जारी महाधिवेशनमा झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले नेपाललाई अध्यक्ष र महासचिवमा घनश्याम भुसाललाई नै दोहोर्याउने घोषणा गरेको हो ।
भुसालले यसअघि अध्यक्षमा दाबी गर्दै आएका थिए । यस्तै झलनाथ खनाललाई सम्मानित नेता नै चयन गरेको छ । अन्य पदाधिकारी र सदस्यको नाम भोलि विहान १० बजेपछि घोषणा हुने एक नेताले बताए ।