क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

सुदूर प्रेस संवाददाता

एजेन्सी– क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । गए राति सम्पन्न खेलमा नेपालले ओमानलाई हराउँदै निरन्तरको हारको श्रीखंला अन्त्य गरेको हो ।

१ सय ६५ दिन एता कुनै खेल नजितेको नेपालले ११ खेल पछि हारको श्रृङखला अन्य गर्ने क्रममा ओमानमाथि ३७ रनको जित हात पारेको हो । पहिलो टी-२० मा आराम दिइएका गुलशन झाको अलरमाउन्ड प्रदर्शनका कारण नेपाल ५ महिना १२ दिन पछि कुनै खेल जित्न सफल भयो ।

क्यानडाको किंग सिटी क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेको थियो । सुरुवाती क्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो ।

सुरुवातमै दुई पटक जिवनदान पाएका ओपनर अनिल साह २७ रनमा आउट भए । देव खनालको ब्याट आज पनि चल्न सकेन । उनी २ रनमा बाहिरिए । अर्का ओपनर आसिफ शेखले पनि २७ रन जोडे । कप्तान रोहित पौडेल २ रनमा अकिब इल्यासलको सिकार भए । कुशल मल्ल ३० रन बनाएर बाहिरिदाँ नेपालले १४ ओभर ४ बलमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो । । छैठौं विकेटका लागि गुलशन झा र कुशल भुर्तेलले ६१ रनको साझेदारी गरे । कुशलले २० रन बनाए ।

गुलशनले १७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४० रनको अविजित इनिङ्स खेले । दीपेन्द्रसिंह ऐरी ५ बलमा १ चौका र २ छक्का सहित १८ रनमा नट आउट रहे ।

ओमानका लागि कप्तान अकिब इल्यासले ३ तथा जिशान मक्सुद र फैयज बटले समान १-१ विकेट लिए ।

जवाफमा १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको ओमान पाँच बल बाँकी रहँदै १ सय ३९ रनमा अल आउट भयो ।

इनिङसको पहिलो बलमै कश्यप प्रजापतीलाई आउट गर्दै करण केसीले नेपाललाई अर्लिब्रेक थ्रु दिलाएका थिए । ओमानका लागि सोयब खानले ४५ तथा रफिउल्लाहले ३३ रन जोडे । प्रतिक अथाभाले १५ र खालिद कैलले ११ रनमा आउट भए ।

नेपालका लागि करण केसीले ३, कुशल भुर्तेल र गुलशन झाले समान २-२ तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले समान १-१ विकेट लिए ।

लिग-२ को त्रिकोणात्म सिरिज अन्तर्गत क्यानडा भ्रमणमा पनि निरासाजक प्रदर्शन गरेको नेपाल टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । नेपालले तेस्रो टी-२० आई खेलमा मंगलवार क्यानडा र चौथो खेलमा बुधबार फेरि ओमानसँग प्रतिस्पर्धा गर्ने छ । 

प्रकाशित:
2024/09/30, 8:40
SPA
KN
Priya Gahana Pasal