धनगढी– अहिले देशभरको मौसम आंशिक बदली छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा बिहानैदेखि पोल्ने घाम लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा ठूलो पानी पर्ने सम्भावना छ । गएराति काठमाण्डौ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र लमजुङमा बाढी आउने गरी पानी परेको थियो ।