कैलालीमा डाकाँ चोरी मुद्दामा फरार दुई जना १६ बर्ष पछि पक्राउ

Arrest
सुदूर प्रेस संवाददाता

धनगढी, - कैलालीमा डाकाँ चोरी मुद्दामा फरार दुई जना  १६ बर्ष पछि पक्राउ परेका छन्।  गौरिगंगा नगरपालीका वडा नम्बर २ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाउँका ५० वर्षीय फुलपाती चौधरीलाई १६ वर्ष पछि जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।

२०५८ माघ ४ गत राती हातहतियार सहित आएको समुहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरुलाई तत्कालै पक्राउ गरिएको थियो। कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागी कारागार पठाएका उनीहरु २०६१ माघ २७ गते फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरी आवश्यक कारबाहीका लागी अदालतमा दाखिला गरिएको छ।

प्रकाशित:
२०७७ भदौ १९, ११:२४
SPA
KN
Priya Gahana Pasal