राष्ट्रिय क्रिकेट खेलाडी ललितलाई थप उपचारका लागी काठमाडौं पु–याईयो

स्वास्थ्य अबस्था खतरामुक्त
Accident

धनगढी–दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौं लगीएको छ ।
ललितलाई सिम्रिक एरको हेलिकप्टरमार्फत काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा थप उपचारको लागि लगीएको हो । आइतबार झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा ललित गम्भीर घाइते भएका थिए । अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै गएराती नै बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचार ल्याइएको थियो ।

ललितलाई आइतबार राती ११ बजे धनगढीबाट कोहलपूर ल्याइएको थियो । थप उपचारको लागि उनलाई ग्रान्डीमा ल्याउन लागिएको हो । दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । हातको कुम, एंकल लगायतका भागहरुमा चोट लागेको छ । उनको खुट्टा र हातको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले उपचारमा संलग्न हुने सम्पूर्ण चिकित्सक एवंम मेडिकल टिमलाई उपचारमा सक्रिय भएर सहयोग गरिदिन अनुरोध गरेका छन् । चन्दले श्रीघ स्वास्थ्य लाभको कामना गर्दै संघको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

प्रकाशित:
2020/09/14, 5:48