क्रिकेटर ललित भण्डारीको उपचारका लागि सीप्यानद्धारा सहयोग संकलन सुरु

lalit bhandari
सुदूर प्रेस संवाददाता

धनगढी– कञ्चनपुरमा भएको सवारी दुर्घटनामा परी गम्भिर घाइते भएका क्रिकेट खेलाडी संघ नेपाल सीप्यानले क्रिकेटर ललितसिंह भण्डारीको उपचारको लागि आर्थिक सहयोग संकलन सुरु गरीएको छ । सीप्यानकातर्फबाट अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले आज विज्ञप्तिमार्फत दुर्घटनामा घाइते भएका खेलाडी भण्डारीलाई उपचारको लागि आर्थिक सहयोग जरुरी रहेको भन्दै रकम जुटाउने निर्णय गरेको हो । 

यसको लागि खेलाडीहरुले पनि आफूसक्दो सहयोग गर्ने भएका छन् । यस्तै सहयोग गर्न चाहनेहरुले सेन्चुरी कर्मसियल बैंक पुतलीसडकको खाता नम्बर ०० १ ००० २५ २९ सीएमा रकम जम्मा गर्न पनि सीप्यानले अनुरोध गरेको छ । कैलालीमा मोटरसाइकल दुर्घटनामा परेका भण्डारीलाई हिजो काठमाण्डौ लगीएको छ । 

प्रकाशित:
2020/09/16, 8:58