६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन

सुदूरपश्चिम यातायात प्रालिका गाडी भोलीबाट मात्रै चल्ने
yatayat

धनगढी–झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन भएका छन ।  गएको सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन भएका हुन । 

आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।

यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाइनेछ । खाजा र खाना खाने ठाउँमा पनि भौतिक दूरीको ख्याल गर्नु पर्नेछ ।

तर सुदूरपश्चिम यातायात प्रालिले भने आजबाट यातायात सुचारु नहुने जनाएको छ । लामो समय देखि थन्किएका गाडीहरूको मर्मत र यातायात मजदुरहरू घर गएका कारण पर्सिबाट मात्रै यातायात सुचारु गरिने सुप यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए । 

प्रकाशित:
2020/09/17, 7:11