राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया हुने

lalit
सुदूर प्रेस संवाददाता

 धनगढी– सवारी दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया गरिने भएको छ । आईसीयूमा उपचाररत भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेकाले आज बिहान शल्यक्रिया गर्न लागिएको ग्राण्डी अस्पतालले जनाएको छ । शरिर भित्रको चोट सुधार भएको र सबै रिपोर्टहरु राम्रो आएकाले आज बिहान दायाँ हात र खुट्टाको शल्यक्रिया गरिने भएको हो ।

गएको आइतबार कञ्चनपुरको झलारीमा भण्डारी रहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । तत्काल धनगढीको निसर्ग अस्पताल, बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपछि हेलिकोप्टरमार्फत् काठमाण्डौ ल्याएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित:
2020/09/17, 7:21