डोटी र अछामका ३४ जनामा कोरोना संक्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

डोटी–डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। अछामको साफेबगरका १७ जना, डोटीको शिखर नगरपालिकाका ८ जना, डोटीकै दिपायल सिलगढी नगरपालिकाका ५ जना र डोटीकै केआइसिँह गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । १७६ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

प्रकाशित:
2020/09/17, 3:09