कैलालीको घोडाघोडीमा संचारकर्मी मृत अवस्थामा फेला

death

धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा एक संचारकर्मी मृत अवस्थामा फेला परेकि छिन् । स्थानिय रेडियो कैलाली एफएममा कार्यरत २३ बर्सिया निर्मला पहराइ घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 
उनले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए । पहराइ २१ गतेबाट सम्पर्क विहीन भएकी थिइन । उनको खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उनको शव जङ्गलमा फेला पारेको हो । मृत्युको कारण भने नखुलेको बोहराले बताए । पहराइ रेडियो कैलालीमा समाचार वाचीकाको रूपमा कार्यरत थिइन् ।

प्रकाशित:
2020/09/18, 5:28