कांग्रेस महामन्त्री कोइरालाले कोरोना जिते

sasanka

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना भाइरसको सङ्क्रमणपछि महामन्त्री कोइरालाको स्वास्थ्य जटिल बन्दा ओम अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज हुनुभएका कोइरालाले डाक्टरको सल्लाह अनुसार घरमै आइसोलेशनमा बस्ने जानकारी दिनुभएको छ । कोइरालालाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

प्रकाशित:
2020/09/19, 3:12