सुनको भाउ आज स्थिर

Gold

धनगढी–सुनको भाउ आज घटबढ भएको छैन । सुनको भाउ आज पनि तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको थियो । सुनको भाउ स्थिर रहे पनि चाँदीको भाउ भने आज घटेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय १५ रुपैयाँमा झरेको छ । शुक्रबार चाँदी तोलाको एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित:
2020/09/20, 11:24