नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

Baithak

काठमाडौं–सत्तारुढ नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । आइतबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा स्थायी कमिटीको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने बारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकमा सरकारलाई अझ प्रभावकारी बनाउन विभिन्न कोणबाट छलफल भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकमा संवैधानिक राजनीतिक नियुक्ति, एकताका बाँकी टुंगाउने र विविध गरेर बैठकमा एजेण्डा थिए । आजको बैठकमा मन्त्रिपरिषद् पुर्नगठनबारे मात्रै छलफल भएको र अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित:
2020/09/20, 4:11