नेपालमा ११ सय ५४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६५ हजार नाघ्यो

Corona Update

धनगढी–पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको बताएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ५ रहेको छ । योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ९ लाख २३ हजार ८२३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा ९ हजार ५३३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ४०३ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १७ हजार ६११ जना रहेको छ ।

प्रकाशित:
2020/09/21, 6:30
SPA
KN
Priya Gahana Pasal