नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना संक्रमणबाट २४ घण्टामा थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र १३ जना पुरुष रहेको बताए । मकवानपुरकी १७ वर्षीया, ललितपुरकी ५८ वर्षीया र दोलखाका ५२ वर्षीया गरी ३ जना महिलाको कोरोना संक्रमणले मृत्यु भएको छ ।

कोरोनाले काठमाडौँका २ जना ५८ वर्षीय र ७३ वर्षीया, बाँकेका ५० र ५९ वर्षीय , भक्तपुरका ८४ र ६२ वर्षीय, झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, मकवानपुरका ६८ वर्षीय, ललितपुरका ६१ वर्षीय, चितवनका ५५ वर्षीय र रुपन्देहीका ६७ वर्षीय गरी १३ जना पुरुषको मृत्यु भएको हो ।

योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

प्रकाशित:
2020/09/21, 6:38
SPA
KN
Priya Gahana Pasal