सुनको भाउ तोलामा १७ सय रुपैयाँ घट्यो

Gold

धनगढी–सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ७ सय रुपैयाँ घटेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

यस्तै चाँदी आज तोलामा ९० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार २ सय ३० रुपैयाँमा झरेको छ ।

प्रकाशित:
2020/09/22, 1:24