इंग्लिस फुटबल लिग कपःहाभर्टजको ह्याट्रिकमा चेल्सीको फराकिलो जित

epl

एजेन्सी – यसै सिजन अनुबन्धित भएका जर्मन मिडफिल्डर काई हाभर्टजले ह्याट्रिक पुरा गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस फुटबल लिग कप (इएफएल) अर्थात कारबाओ कपमा फराकिलो जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब बान्र्सलेमाथि ६–० को फराकिलो जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । यसै सिजन जर्मन क्लब बायर लिभरकुसनबाट चेल्सी आएर तेस्रो खेलमा हाभर्टजले ह्याट्रिक पुरा गर्दा ट्याम्मी अब्राहम, रोस बार्कली र ओलिभर जिरुउडले पनि समान एक गोल गरे ।

एकपक्षीय बनेको खेलमा चेल्सीले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा चार गोल थपेको थियो । गोलको वर्षा भएको खेलमा चेल्सीले खेलको १९औं मिनेटमा ट्याम्मी अब्राहमको गोलबाट अग्रता लिएो थियो । काउले वुडरोको ब्याकपासलाई आपो हाल्मेले नियन्त्रणमा लिन नसकेको बललाई ट्याम्मीले खोस्दै जाली चुमाएका थिए ।

२८औं मिनेटमा हाभर्टजले चेल्सीका लागि डेब्यु गोल गरे । मासन माउन्टले दिएको पासमा ट्याम्मीले चलाखीपर्ण तरिकाले छोडेको बललाई हाभर्टजले जाली चुमाएका थिए । ४९औं मिनेटमा रोस बार्कलीले गोल गरेपछि चेल्सी फरालिो जिततर्फ अग्रसर बन्यो । हाभर्टजले एलेक्स मोवाटबाट खोसेको बललाई बार्कलेले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।

५५औं मिनेटमा हाभर्टजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि चेल्सीले खेलमा ४–० को आरामदायी अग्रता लियो । पेनाल्टी बक्समा ट्याम्मीले मिलाइदिएको पासमा हाभर्टजले गोल गर्न सफल भएका थिए ।

६५औं मिनेटमा ट्याम्मीकै पासमा हाभर्टजले गोल गर्दै ह्याट्रिक पुरा गरे । ८३आं मिनेटमा ओलिभर जिरुउडले बेन चिलवेलको पासमा गोल गर्दै चेल्सीलाई ६–० को जित दिलाए । प्रिमियर लिग क्लबविरुद्ध बान्र्सलेले कुनै पनि समय गतिलो पोस्ट आक्रमण बुन्न सकेन । चेल्सीले भने आधा दर्जन बढी अवसर खेर फालेको थियो ।

यसै खेलमा नयाँ खेलमडी डिफेन्डर थियागो सिल्भा र बेन चिलवेलले चेल्सीका लागि डेब्यु गरे । सिल्भाले पहिलो रोजाईमा मौका पाउदा चिलवेलले सब्सिच्युट खेलाडीको रुपमा मैदानमा प्रवेश गर्दै चेल्सीबाट डेब्यु गरेका थिए ।

अन्य नतिजा

फ्लिटवुडविरुद्ध एभर्टन (२–), लेस्टर सिटीविरुद्ध आर्सनल (०–), मोरकेम्वेविरुद्ध न्युक्यासल (०–)

प्रकाशित:
2020/09/24, 8:16