बझाङमा एक बालिकाको नग्न अवस्थामा शव भेटियो

Death

बझाङ–बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी एक बालिकाको नग्न अवस्थामा शव फेला परेको छ । बुधबार साँझ गोठमा बस्तुलाई घाँस हाल्न हिँडेकी १२ वर्षीया बालिकाको हत्या भएको प्रहरीले जनाएको छ । ढिलासम्म घर नआएपछि परिवारले खोजी गर्दा राति १० बजेतिर गोठनजिकैको शिवमन्दिरमा नग्न अवस्थामा शव भेटिएको हो । बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए । राति नै घटनास्थल गएको जिल्ला प्रहरीप्रमुख डीएसपी रूपक खड्काको टोली फर्किनसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

प्रकाशित:
2020/09/24, 10:26