बझाङमा पनि पीसीआर परीक्षण सुरु

Corona Update

बझाङ– बझाङ जिल्लामा बिहीबारबाट पीसीआर परीक्षण सुरु गरिएको छ । प्रयोगशाला परीक्षण गरिएका १० वटा नुमनाको रिर्पोट पुनः पुष्टिका लागि डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षणमा गर्दा एउटै नतिजा दिएपछि प्रयोगशालाबाट परीक्षण सुरु गरिएको हो ।
आवश्यक पर्दा दैनिक एक हजार नमुनाको परीक्षण गर्न सकिने भए पनि हाललाई दैनिक २ सय स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ । जिल्लाका सबै पालिकाहरुको लगानीमा प्रयोशालाका उपकरण र जडान गर्दा १ करोड २५ लाख रुपैयाँ खर्च भएको जिल्ला अस्पताल बझाङले जनाएको छ । प्रयोगशाला स्थापनाको लागि यहाँका १० वटा गाउँपालिकाले १०र१० लाख र जिल्ला समन्वय समिति र २ वटा नगरपालिकाले १५र१५ लाखका दरले रकम संकलन गरेका थिए ।

प्रकाशित:
2020/09/24, 4:48