महाकाली सिँचाइ आयोजनाका कामु आयोजना निर्देशक  स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ

pakrau
सुदूर प्रेस संवाददाता

धनगढी–कञ्चनपुरमा रहेको महाकाली सिँचाइ आयोजनाका कामु आयोजना निर्देशक प्रचण्ड देव विष्ट  स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ परेका छन् । सुनधाराको एक होटेल बाट प्रहरीले आज उनलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा बुझाएको हो । 
बरामद रकम उनले आयोजनाका ठेकदारसँग घुसबापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । विष्टले बरामद रकमको स्रोत खुलाउन नसकेको जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धानका प्रवक्ता तारानाथ अधिकारीले निर्देशक बिस्टलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए । 

प्रकाशित:
2020/09/24, 5:58
SPA
KN
Priya Gahana Pasal