बझाङमा एक प्रहरीसहित थप २४ जनामा कोरोना पुष्टि

covid test bajhang-hospital
सुदूर प्रेस संवाददाता

बझाङ – बझाङमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङको कोरोना परीक्षण प्रयोगशालामा आज एक सय ५९ जनाको कोरोना परीक्षण गर्दा थप २४ जनामा सङ्क्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ । 

सङ्क्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत एक जना प्रहरी छन् । खप्तड छान्ना गाउँपालिकाका दुई महिला, तलकोट गाउँपालिकाका एक पुरुष, मष्टा गाउँपालिकाका १५ पुरुष र ५ महिला गरी थप २४ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिए ।

 

प्रकाशित:
2020/09/27, 3:27