एमबाप्पे र इकार्डी जम्दा पीएसजी विजयी

foot ball

एजेन्सी – अर्जेन्टिनी फरवार्ड माउरो इकार्डी र युवा फरवार्ड किलियन एमबाप्पेको जोडि जम्दा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रा जित निकालेको छ । पीएसजीले रेइम्समाथि उसकै मैदानमा २–० को सहज जित निकालेको हो ।

लिग वानको सुरुवाती दुई खेल गुमाएपछि पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजी लिग वानको सुरुवाती दुई खेलमा लेन्स र मार्सेसँग समान १–० ले पराजित भएको थियो । त्यसपछि पीएसजीले मेट्जलाई १–० ले तथा निसलाई ३–० ले पराजित गदै जितको लय समातेको थियो ।

इकार्डीले खेलमा दुई गोल गर्दा दुवै गोलमा फ्रान्सेली युवा स्टार किलियन एमबाप्पेले असिस्ट दिएका थिए । रेइम्समा आइतबार राति भएको खेलमा पीएसजीले खेलको नवौं मिनेटमा इकार्डीको गोलबाट अग्रता लिएको थियो । एमबाप्पेको पासमा इकार्डीले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट फिनिस गरेका थिए ।

३७औं मिनेटमा नेयमारको फ्रिकिक पोस्टबाट थोरै बाहिरिँदा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो । ६१औं मिनेटमा एमबाप्पेको पासमा नेयमारले १० यार्डबाट गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो । लगत्तै ६२औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए ।

एन्जल डि मारिया र एमबाप्पेको चलाखीपुर्ण वान टु वान पासमा मुभ बनाएपछि अनमार्क रहेका इकार्डीले खाली पोस्टमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी २–० ल विजयी हुन सफल भयो ।

घरेलु टोली रेइम्सले कुनैपनि समय पीएसजीको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न सकेन । जितसँगै पीएसजी ५ खेलबाट ९ अंक जोडेर सातौ स्थानमा रहेको छ । पराजित रेइम्स १ अंकसहति १९औं स्थानमा छ ।

अन्य नतिजा

बोर्डअक्सविरुद्ध निस (०–०), एन्जर्सविरुद्ध ब्रेस्ट (–२), डिजोनविरुद्ध मोन्टेपिलर (२–२), मोनाकोविरुद्ध स्टार्सबर्ग (३–२), निसविरुद्ध लेन्स (१–१), लोरिएन्विरुद्ध लियोन (१–१)

प्रकाशित:
2020/09/28, 7:00