रोनाल्डोको दुई गोलमा युभेन्ट्स हारबाट जोगियो

football

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा साविकको विजेता युभेन्ट्स हारबाट जोगिएको छ । १० खेलाडीमा समेटिएको युभेन्ट्सले रोमासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

युभेन्ट्सले खेलमा दुई पटक पछि परेको अवस्थामा खेललाई बराबरीमा रोक्न सफल भएको हो । युभेन्ट्सका रोनाल्डोले दुवै गोल गर्दा रोमाका जोर्डन भेरेटआउटले दुवै गोल गरेका थिए ।

डियो ओलम्पिको रोमा इटालीमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलको १२औं मिनेटमा रोमाका हेनरिक मिखटरयानको प्रहारलाई युभेन्ट्सका गोलरक्षक वजसिएच सेचेज्नीले बचाउँदै गोल टारेका थिए । ३१औं मिनेटमा घरेलु टोलीले पेनाल्टी गोलमार्फत खेलमा अग्रता लिएको थियो ।

एड्रिन राविओटले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा भेरेटआउटले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा रोनाल्डोको प्रहार बाहिरिदा युभेन्ट्स बराबरीबाट चुक्यो ।

४४औं मिनेटमा युभेन्ट्ले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पेनाल्टी बक्समा रोनाल्डोको गरेको प्रहारलाई रोमाका लारेन्जो पेलेग्रनीले ह्यान्ड गर्न पुगेका थिए ।

त्यसमै प्राप्त पेनाल्टीमा रोानाल्डो चुकेनन् । तर, युभेन्ट्सको बराबरी लामो समय टिकेन । पहिलो हाफका इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा काउन्टर अट्याकमा हेनरिक मिखटरयानले जुवान क्वाड्राडोलाई बिट गर्दै दिएको पासमा जोर्डन भेरेटआउटले व्यक्तिगत दोस्रो गोल गर्दै रोमालाई २–१ को अग्रता दिलाए ।

५१औं मिनेटमा पेड्रो रोड्रिग्वेजको प्रहारलाई युभेन्ट्सका गोलरक्षक सेचेज्नीले सहजै नियन्त्रणमा लिए । ५६औं मिनेटमा कप्तान इडेन जेकोको प्रहार पोस्टमा लागेर बाहिरिदा रोमा अर्काे गोलबाट चुक्यो । ५७औं मिनेटमा रोनाल्डोले बराबरीमा सुन्दर अवसर खेर फाले । ६२औं मिनेटमा युभेन्टस १० खेलाडीमा समेटियो ।

हेनरिक मिखटरयानलाई फल गरेपछि रेफ्रीले दोहोरो पहेंलो कार्ड देखाउँदै एड्रिन राविओटले मैदान बाहिर पठाएपछि युभेन्ट्स १० खेलाडी समेटिएर अन्तिम २८ मिनेट खेल्नु परेको थियो । ६४औं मिनेटमा जेकोकोअर्काे प्रहारमा गोलरक्षक नै बाधक बने ।

६९औं मिनेटमा रोनाल्डोले व्यक्तिग दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । डानिलोको क्रसमा रोनाल्डोले हेडमार्फत गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । बराबरीपछि युभेन्टसको २ खेलबाट ४ अंक पुगेको छ ।समान खेलबाटै रोमाको १ अंक रहेको छ ।

अन्य नतिजा

स्पेजियाविरुद्ध सस्सुलो (१–), हेलास भेरोनाविरुद्ध उडिनेस (–०), क्रोटोनविरुद्ध एसी मिलान (०–), नेपोलीविरुद्ध जिनोआ (–०)

प्रकाशित:
2020/09/28, 7:03