बझाङमा बलात्कार पछि बालीकाको हत्या गरेको अभियोगमा पक्राउ परेका युवक सार्वजनिक

Death

बझाङ–बझाङमा बलात्कार पछि बालीकाको हत्या गरेको अभियोगमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मङ्गलवार सार्वजनिक गरेको छ । 

गत बुधवार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ बर्सिया सम्झनाको शव शिव मन्दिरमा फेला परेको थियो । सोही दिन प्रहरीले मस्टा–२ खिकालाका  बोहरालाई घरभित्रै लुकेको अवस्थामा पक्राउ गरेको जनाएको छ । उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनी विरुद्ध बालीकाका परिवारले  जबरजस्ती करणीको आरोपमा किटानी जाहेरी दिएका छन् । प्रहरीले  अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान  र कारबाही सुरु गरेको जनाएको छ । 

 

प्रकाशित:
2020/09/29, 8:15