२५ किलो चरेससहित बझाङमा दुई जना पक्राउ

charesh baramad
सुदूर प्रेस संवाददाता

बझाङ–२५ किलो चरेससहित बझाङमा प्रहरीले दुई जना लाई पक्राउ गरेको छ।  वित्थडचिर गाउँपालिका– २ लिम भन्ने स्थानमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले २५ किलो चरेससहित  बुङ्गल नगरपालिका २ का २५ वर्षीय धनबहादुर धामी  र सोही वडाका २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको हो।  सुदूरपश्चिम प्रहरी अनुसन्धान समूहबाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमान्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा प्लास्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेस बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित:
2020/10/01, 11:25